BIZMANDU
www.bizmandu.com

साफ महिला च्याम्पियनसिप : ११ हजार दर्शकले प्रवेश पाउने, भौतिक रुपमा टिकट खरिद गर्नुपर्ने

२०८१ कात्तिक १३

साफ महिला च्याम्पियनसिप : ११ हजार दर्शकले प्रवेश पाउने, भौतिक रुपमा टिकट खरिद गर्नुपर्ने
साफ महिला च्याम्पियनसिप : ११ हजार दर्शकले प्रवेश पाउने, भौतिक रुपमा टिकट खरिद गर्नुपर्ने

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेलको टिकट बिक्री भौतिक रुपमा हुने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले अनलाइन टिक बिक्री नगर्ने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

बुधबार फाइनल खेलमा नेपाल र बंगलादेश भिड्दैछन्। साँझ ६ बजे फाइनल खेल हुँदैछ।

यसअघि एन्फाले टिकट बिक्रीका लागि माउन्ट एभरेष्ट स्पोर्टस एन्ड इभेन्ट प्रालिसँग सम्झौता गरेको थियो। तर भारत र नेपाल बीच भएको सेमिफाइनल खेलमा सो कम्पनीले रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको पाइएको थियो। जसकारण दशरथ रंगशालामा दर्शक व्यवस्थापनमा सकस भएको थियो।

एन्फाले बढी टिकट बिक्री गरेको भन्दै सो कम्पनीलाई टिकट बिक्रीमा रोक लगाएको हो। फाइनलका लागि यसअघि बिक्री भएका टिकट पनि रद्द भएको छ। टिकट किन्नेहरुले पैसा फिर्ता पाउनेछन्।

अब एन्फाले बुधबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लब, दशरथ रंगशाला लगातय स्थानबाट टिकट बिक्री गर्नेछ। फाइनल खेलमा करिब ११ हजार टिकटमात्रै बिक्री गरिनेछ।

साधारणतर्फ १० हजार टिकट बिक्री गरिनेछ। साधारण टिकटको मूल्य ५०० हुनेछ। भीआइपी टिकटको १ हजार रुपैयाँ हुनेछ। करिब १ हजार भीआइपी टिकट बेच्ने एन्फाले जनाएको छ।