BIZMANDU
www.bizmandu.com

धनतेरसमा सुनको भाउ हालसम्मकै उच्च, तोलाको एक लाख ६८ हजार ५ सय पुग्यो

२०८१ कात्तिक १३

धनतेरसमा सुनको भाउ हालसम्मकै उच्च, तोलाको एक लाख ६८ हजार ५ सय पुग्यो
धनतेरसमा सुनको भाउ हालसम्मकै उच्च, तोलाको एक लाख ६८ हजार ५ सय पुग्यो


काठमाडौं। धनतेरसको दिन सुनको भाउ बढेर हालसम्मकै उच्च भएको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा १५ सय रुपैयाँ बढेको छ। मंगलबार सुनको कारोबार मूल्य तोलाको एक लाख ६८ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME

सोमबार सुन तोलामा ४ सय रुपैयाँ घटेर प्रति तोला एक लाख ६७ हजार रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी तोलामा ४० रुपैयाँ बढेर प्रतितोला २ हजार १ सय ५रुपैयाँ पुगेको छ। सोमबार चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला २ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।

बिगतका वर्षमा आजका दिन सुनचाँदीको कारोबार धेरै हुने गरेको थियो। यस पटक भने सुनचाँदीको भाउ दैनिक बढेर नयाँ कीर्तिमानी मूल्य कायम गरिरहेको हुँदा कारोबार कम हुने अवस्था रहेको व्यवसायीहरु बताउँछन्।

अन्तर्राष्ट्रिय बजारमा घट्दै गएको सुनको भाउ पुनः बढ्न थालेको छ। मंगलबार सुन बढ्दै प्रति औंस २७५६.१४ डलर पुगेको छ।चाँदी प्रति औंस ३३.९३ डलर छ। सोमबार सुन २७३३.२४ डलर र चाँदी ३३.३३ डलरले कारोबार भएको थियो।