BIZMANDU
www.bizmandu.com

लाइफ इन्स्योरेन्सहरूको पहिलो त्रैमासमा ४१ अर्ब ३० करोडको व्यापार, १.२२ प्रतिशतले वृद्धि

२०८१ कात्तिक ११

लाइफ इन्स्योरेन्सहरूको पहिलो त्रैमासमा ४१ अर्ब ३० करोडको व्यापार, १.२२ प्रतिशतले वृद्धि
लाइफ इन्स्योरेन्सहरूको पहिलो त्रैमासमा ४१ अर्ब ३० करोडको व्यापार, १.२२ प्रतिशतले वृद्धि

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लाइफ इन्स्योरेन्स कम्पनीहरूले ४१ अर्ब ३० करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन्।

Tata
GBIME

कम्पनीहरूले आर्जन गरेको रकम पोहोर असोज मसान्तको तुलनामा १.२२ प्रतिशतले धेरै हो। कम्पनीहरूले पोहोर ३ महिनामा ४० अर्ब ८० करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए।

नेपाल बीमा प्राधिकरणका अनुसार कम्पनीहरूले प्रथम बीमा शुल्क १३.९ प्रतिशले वृद्धि गरेका छन्। गत वर्ष ६ अर्ब ७२ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका इन्स्योरेन्सले यस वर्ष सोही अवधिमा ७ अर्ब ६६ करोड रुपैयाँ संकलन गरेका छन्।

कम्पनीहरूको बीमा पोलिसी घटेको छ। पोहोर पहिलो त्रैमासमा १ करोड ३८ लाख ६७ हजार कुल सक्रिय बीमा लेखको संख्या रहेकाका ०.७३ प्रतिशतले घटेर चालु वर्ष सोही अवधिमा १ करोड ३७ लाख ६६ हजारमा सीमित भएको छ।

प्राधिकरणका अनुसार नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक ११ अर्ब ९९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। सन नेपाल लाइफले सबैभन्दा न्यून ३२ करोड २७ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ।

हिमालयन लाइफ र सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय घटेको छ।

कुन कम्पनीले कति प्रिमियम संकलन गरे?