BIZMANDU
www.bizmandu.com

बाढीमा परेका ११७६ सवारीबाट ४३ करोड बीमा दाबी, हालसम्म सवा ३ करोड मात्रै भुक्तानी

२०८१ कात्तिक ११

बाढीमा परेका ११७६ सवारीबाट ४३ करोड बीमा दाबी, हालसम्म सवा ३ करोड मात्रै भुक्तानी
बाढीमा परेका ११७६ सवारीबाट ४३ करोड बीमा दाबी, हालसम्म सवा ३ करोड मात्रै भुक्तानी

काठमाडौं। असोज दोस्रो साता बाढीपहिरोमा परेका करिब १२ सय सवारीसाधनबाट करिब ४३ करोड रुपैयाँ बीमा दाबी परेको छ।

Tata
GBIME

बीमा प्राधिकरणका अनुसार हालसम्म १ हजार १७६ सवारीसाधनधनीले ४२ करोड ८९ लाख ७२ हजार रुपैयाँको बीमा दाबी गरेका छन्।

दाबी निजी सवारीसाधनबाट धेरै माग भएको छ। ८३८ निजी सवारीसाधनबाट २६ करोड ७७ लाख ३३ हजार रुपैयाँ बीमा दाबी परेको प्राधिकरणले जनाएको छ।

सार्वजनिक सवारीसाधनतर्फ ३३८ वटाबाट १६ करोड १२ लाख ३८ हजार रुपैयाँको बीमा दाबी परेको छ।

इन्स्योरेन्स कम्पनीहरुले हालसम्म ३ करोड २० लाख ९२ हजार रुपैयाँ मात्रै भुक्तानी गरेका छन्। उनीहरुले १०५ वटा सवारीसाधनको बीमा दाबी भुक्तानी गरेका हुन्।