BIZMANDU
www.bizmandu.com

बाढीपहिरोको क्षतिले साढे ९ अर्बको दाबी आउँदा इन्स्योरेन्सले भुक्तानी दिए ३० करोड ३६ लाख

२०८१ कात्तिक ९

बाढीपहिरोको क्षतिले साढे ९ अर्बको दाबी आउँदा इन्स्योरेन्सले भुक्तानी दिए ३० करोड ३६ लाख
General view shows houses of Roshi village area submerged in flood waters in Kavre, Nepal on Monday 30 September 2024. As of Monday, the death toll from floods and landslides caused by heavy rainfall in Nepal has reached 205. Recovery and rescue operations are being intensified, with at least 18 individuals still missing and 194 others injured throughout the country.
Photo- Prabin Ranabhat

काठमाडौं। असोज दोस्रो साता अविरल वर्षासँगै आएको बाढीपहिरोबाट पुगेको क्षतिको दाबीमा इन्स्योरेन्स कम्पनीहरुले ३० करोड ३६ लाख रु‍पैयाँ भुक्तानी गरेका छन्।

Tata
GBIME

बाढीपहिरोबाट पुगेको क्षतिमा ९ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ दाबी परेकामा इन्स्योरेन्सले कात्तिक ६ गतेसम्म ३० करोड ३६ लाख रु‍पैयाँ भुक्तानी गरेका हुन्।

नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरुमा ३ हजार ३०६ दाबी परेको थियो। त्यसमध्ये भुक्तानीको संख्या २६१ छ।

शिखर इन्स्योरेन्सले सर्वाधिक २१ करोड ५० लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ। यस कम्पनीमा ९८ करोड ८१ लाख रुपैयाँको दाबी परेको थियो।

स्रोत : नेपाल बीमा प्राधिकरण

सिद्धार्थ प्रिमियरले सर्वाधिक २ अर्ब ६ करोड रुपैयाँ दाबी परेकामा ४ करोड १७ लाख रुपैयाँ भुक्तानी गरेको छ। ओरियन्टल इन्स्योरेन्समा १ अर्ब ४५ करोड ६९ लाख रुपैयाँको दाबी परेकामा कम्पनीले ३ लाख ९४ हजार रुपैयाँ मात्रै भुक्तानी गरेको छ।

बाढीपहिरोका कारण सबैभन्दा धेरै सम्पत्ति इन्स्योरेन्सतर्फ ७ अर्ब ३१ करोड रुपैयाँको दाबी परेको छ। त्यस्तै, इन्जिनियरिङ तथा ठेकेदार जोखिम इन्स्योरेन्सतर्फ १ अर्ब ७४ करोड रुपैयाँको दाबी परेको छ।