BIZMANDU
www.bizmandu.com

नेपाल लाइफले अपरच्युनिटी फण्ड-१ मा साढे ३८ करोड लगानी गर्दै, प्राधिकरणले दियो स्वीकृति

२०८१ कात्तिक ९

नेपाल लाइफले अपरच्युनिटी फण्ड-१ मा साढे ३८ करोड  लगानी गर्दै, प्राधिकरणले दियो स्वीकृति
नेपाल लाइफले अपरच्युनिटी फण्ड-१ मा साढे ३८ करोड लगानी गर्दै, प्राधिकरणले दियो स्वीकृति

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले नेपाल अपरच्युनिटी फण्ड-१ (प्राइभेट इक्विटी फण्ड) मा लगानी गर्ने भएको छ।

Tata
GBIME

१ हजार प्रति इकाइका दरले ३ लाख ८५ हजार इकाइ खरिदका लागि ३८ करोड ५० लाख रुपैयाँ लगानी गर्ने कम्पनीले जनाएको छ। लगानीका लागि इन्स्योरेन्सले बिहीबार फण्डसँग सम्झौता गरेको छ।

इन्स्योरेन्सलाई लगानीका लागि नेपाल बीमा प्राधिकरणले स्वीकृति दिइसकेको छ। नेपाल अपरच्युनिटी फण्ड-१ आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेडको व्यवस्थापनमा संचालनमा छ।