BIZMANDU
www.bizmandu.com

चिनियाँ नागरिकसँग विवाहमा मानव तस्करीको ‘कनेक्सन’ खोज्दै सुनसरी प्रहरी, ८ जना पक्राउ

२०८१ कात्तिक ९

चिनियाँ नागरिकसँग विवाहमा मानव तस्करीको ‘कनेक्सन’ खोज्दै सुनसरी प्रहरी, ८ जना पक्राउ
चिनियाँ नागरिकसँग विवाहमा मानव तस्करीको ‘कनेक्सन’ खोज्दै सुनसरी प्रहरी, ८ जना पक्राउ

काठमाडौं । सुनसरी जिल्ला प्रहरी कार्यालयले विवाह गराएर मानव तस्करीको आशंकामा अनुसन्धान सुरु गरेको छ। एक चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।

Tata
GBIME
Nepal Life

कार्यालयका अनुसार धनकुटाको छथर जोरपाटी–२ की १६ वर्षीया एक किशोरी, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, उदयपुर बेलका नगरपालिका–९ का ४३ वर्षीय दीपक दर्जी, ४२ वर्षीय बद्रीविक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका–१२ का २० वर्षीय शीतल गुरुङ, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ की २० वर्षीया रोशनीमाया तामाङ, चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरिएको हो।

अभियुक्तहरूलाई सार्वजनिक गर्दै प्रहरी नायब उपरीक्षक रामचन्द्र तिमिल्सिनाले उनीहरू मानव तस्करीमा संलग्न रहेको आशंकामा अनुसन्धान थालिएको बताए।