BIZMANDU
www.bizmandu.com

अमेरिकी लगानीकर्तासँग अर्थमन्त्री, नेपालको आइटी क्षेत्रमा लगाानीका लागि आह्वान

२०८१ कात्तिक ९

अमेरिकी लगानीकर्तासँग अर्थमन्त्री, नेपालको आइटी क्षेत्रमा लगाानीका लागि आह्वान
अमेरिकी लगानीकर्तासँग अर्थमन्त्री, नेपालको आइटी क्षेत्रमा लगाानीका लागि आह्वान


काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेको बताएका छन्। यस क्षेत्रमा आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न उनले अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह पनि गरेका छन्।

Tata
GBIME
NLIC

अमेरिकी उद्योग वाणिज्य संघले आज अमेरिकाको वासिङटनमा आयोजना गरेको छलफलमा उनले नेपालको भौतिक पूर्वाधार, पर्यटन, कृषि, ऊर्जालगायत क्षेत्रमा लगानी गरेर लाभ लिन आह्वान गरेका थिए।

त्यस अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा जलविद्युत् विकास तथा पर्यटन पूर्वाधार निर्माण क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेको जानकारी दिएका थिए। उनले पनि ती क्षेत्रको उपयोग गर्न अमेरिकी लगानीकर्ताहरूलाई आग्रह गरेका थिए।

छलफलमा बहुराष्ट्रिय कम्पनी गुगल, मेटा, कोकाकोलालगायत प्रतिष्ठित अमेरिकी कम्पनीका प्रतिनिधिको सहभागिता थियो।