BIZMANDU
www.bizmandu.com

डिजिटल भुक्तानीमा इन्भेष्टमेण्ट बैंकले भित्र्यायो नयाँ प्रविधि, भिसा वेयरेबल स्टिकर सार्वजनिक

२०८१ कात्तिक ८

डिजिटल भुक्तानीमा इन्भेष्टमेण्ट बैंकले भित्र्यायो नयाँ प्रविधि, भिसा वेयरेबल स्टिकर सार्वजनिक
डिजिटल भुक्तानीमा इन्भेष्टमेण्ट बैंकले भित्र्यायो नयाँ प्रविधि, भिसा वेयरेबल स्टिकर सार्वजनिक


काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमा पहिलोपटक भिसा वेयरेबल स्टिकर ‘एनआईएमबी पेवियर’ सार्वजनिक गरेको छ। बैंकले काठमाडौंमा एक कार्यक्रम गरी स्टिकर सार्वजनिक गरेको हो।

Tata
GBIME

ग्राहकहरूले कुनै पनि पीओएस टर्मिनलमा वेयरेबल उपकरण ट्याप गरी छिटो र सुरक्षितरुपमा कारोबार गर्न सक्ने यो नयाँ प्रविधिलाई बैंकले नेपालमा डिजिटल भुक्तानीमा नयाँ युगको सुरुवात भनेको छ।

‘एनआईएमबी पेवियर’ले ग्राहकहरूलाई भौतिक कार्ड वा मोबाइल वालेट बोक्न नपर्ने अर्को विकल्प प्रदान गर्छ।

‘एनआईएमबी पेवियर नेपालका लागि गेम–चेन्जर हो,’ बैंकका वरिष्ठ डेपुटी सीइओ महेश शर्मा ढकालले भने, ‘यो उत्पादनले हाम्रा ग्राहकहरूको भुक्तानी गर्ने तरिकालाई पूर्णरूपले परिवर्तन गर्नेछ। उनीहरूलाई अतुलनीय सुविधा र गति प्रदान गर्दै उच्चतम सुरक्षा सुनिश्चित गर्नेछ। हामी नेपालमा पहिलोपटक यो प्रविधि प्रस्तुत गर्न पाउँदा उत्साहित छौं।’

‘एनआईएमबी पेवियर’ ग्राहकहरूलाई आफ्नो घडी, कि–चेन, फोन केसजस्ता कुनै पनि वस्तुमा वेयरेबल स्टिकर टाँस्न सकिने बैंकले बिहिबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।