BIZMANDU
www.bizmandu.com

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी जावलाखेल मैदानमा, अरु फूलका विरुवा पनि पाइने

२०८१ कात्तिक ८

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी जावलाखेल मैदानमा, अरु फूलका विरुवा पनि पाइने
गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी जावलाखेल मैदानमा, अरु फूलका विरुवा पनि पाइने


काठमाडौं। तिहार पर्वलाई लक्षित गरी गोदावरी फूलको १७औं प्रतियोगितात्मक प्रदर्शनी गरिएको छ।

Tata
GBIME
NLIC

फ्लोरिकल्चर एसोसिएसन अफ नेपालको आयोजनामा ललितपुरको जावलाखेल मैदानमा बिहिबार प्रदर्शनी सुरु भएको हो।

प्रदर्शनी कात्तिक ११ गतेसम्म चल्नेछ। प्रदर्शनीमा ६८ वटा व्यावसायिक, २ वटा प्रतियोगितात्मक ४ वटा अफिसियल र एउटा सेल्फी स्टल छन्। 

नेपालमा व्यावसायिकरूपमा उत्पादन हुँदै आएका र यस वर्ष भित्रिएका गोदावरी फूलको केही नयाँ प्रजातिसमेत प्रदर्शनीमा राखिएको एसोसिएसनले जनाएको छ।

यस सिजनमा फुल्ने सयपत्री, मखमली र अन्य सिजनल फूल बिरुवाहरु समेत प्रदर्शनीमा छन्।

प्रदर्शनी ४० हजारभन्दा बढीले अवलोकन गर्ने र एक करोडभन्दा बढीको कारोबार हुने एसोसिएसनको अनुमान छ।