BIZMANDU
www.bizmandu.com

एक सातापछि घट्यो सुनको मूल्य, तोलामा ६०० रुपैयाँ घट्दा चाँदी पनि सस्तियो

२०८१ कात्तिक ८

एक सातापछि घट्यो सुनको मूल्य, तोलामा ६०० रुपैयाँ घट्दा चाँदी पनि सस्तियो
एक सातापछि घट्यो सुनको मूल्य, तोलामा ६०० रुपैयाँ घट्दा चाँदी पनि सस्तियो


काठमाडौं। असोज २९ देखि लगातार बढेर दिनदिनै उच्च मूल्यको रेकर्ड बनेको सुनको भाउ बिहीबार घटेको छ। सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको हो।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बिहीबारका लागि प्रति तोला १ लाख ६६ हजार रुपैयाँ तोकिएको छ। बुधबार तोलामा ८०० रुपैयाँ बढेपछि सुन प्रति तोला १ लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि घटेको छ। बिहीबार चाँदी तोलामा ४० रुपैयाँ घटेको हो। घटेपछि चाँदीको भाउ प्रति तोला २ हजार ९५ रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बिहीबार प्रति औंस २७२६.२७ र चाँदी प्रति औंस ३३.९२ डलरमा कारोबार भइरहेको छ। बुधबार सुन प्रति औंस २७४९.९६ डलर र चाँदी प्रति औंस ३४.७२ डलरमा कारोबार भएको थियो।