BIZMANDU
www.bizmandu.com

सहरी स्वास्थ्य प्रवर्धन केन्द्रका लागि काठमाडौं महानगरले करारमा माग्यो १०८ कर्मचारी

२०८१ कात्तिक ७

सहरी स्वास्थ्य प्रवर्धन केन्द्रका लागि काठमाडौं  महानगरले करारमा माग्यो १०८ कर्मचारी
सहरी स्वास्थ्य प्रवर्धन केन्द्रका लागि काठमाडौं महानगरले करारमा माग्यो १०८ कर्मचारी

काठमाडौं। काठमाडौं महानगरपालिकाले सहरी स्वास्थ्य प्रवर्धन केन्द्रका लागि विभिन्न तहमा १०८ जना कर्मचारीको पदपूर्ति गर्ने भएको छ।

Tata
GBIME
NLIC

लोकसेवा तथा अन्य निकायबाट स्थायी प्रकृतिको कर्मचारी सरुवा भइ नआएसम्मका लागि मेडिकल अधिकृत, ल्याब टेक्निसियन, फिजियोथेरापी सहायक, स्टाफ नर्स, फार्मेसी सहायक, रेडियोग्राफर, तथ्यांक सहायकसँगै कार्यालय सहयोगी करारमा लिने भएको हो।

महानगरपालिकाद्वारा बुधबार प्रकाशित सूचनाअनुसार मेडिकल अधिकृत आठौं तहमा ४, ल्याब टेक्निसियन पाँचौं तहमा २९, फिजियोथेरापी असिस्टेन्ट पाँचौं तहमा ३२ जना मागिएको छ। यस्तै पाँचौं तहका स्टाफ नर्स ५, फार्मेसी सहायक १०, रेडियोग्राफर १ र तथ्यांक सहायक १ जनाको पदपूर्ति गरिने भएको छ।

प्रशासनका लागि श्रेणीविहीन कार्यालय सहयोगी २६ जनाको दरखास्त माग गरिएको सूचनामा छ। दरखास्त दिने म्याद १५ दिनको छ।