काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले रेग्मी मिडिया इंकलाई दिएको इन्टरनेट सेवाको लाइसेन्स खारेज गरेको छ।
सोमबार मात्रै वीरगञ्जको सी. डाटा कम्युनिकेसन र सुर्खेतको लाइफ नेटको लाइसेन्स खारेज गरेको प्राधिकरणले मंगलबार भैरहवाको रेग्मी मिडिया इंकको अनुमतिपत्र पनि खारेज गरेको जनाएको छ।
२०७१ असोज २३ गते प्राधिकरणबाट लाइसेन्स पाएको यो कम्पनीले तोकिएको अवधिभित्र नवीकरणका लागि निवेदनसमेत पेस नगरेको भन्दै प्राधिकरणले लाइसेन्स खारेज गरिदिएको छ।
प्राधिकरणले ३० दिनभित्र सो कम्पनीलाई नियमानुसार बुझाउन बाँकी रकम तिर्न पत्राचार गरेको छ।