BIZMANDU
www.bizmandu.com

गुन्डुमा तिहारका लागि तयार भए मखमली, धमाधम टिप्दै माला गाँस्दै (फोटो फीचर)

२०८१ कात्तिक ६

गुन्डुमा तिहारका लागि तयार भए मखमली, धमाधम टिप्दै माला गाँस्दै (फोटो फीचर)
गुन्डुमा तिहारका लागि तयार भए मखमली, धमाधम टिप्दै माला गाँस्दै (फोटो फीचर)

भक्तपुरको सूर्यविनायकदेखि दक्षिण भेग गुन्डु मखमली फूलका लागि उपत्यकामै चिनिएको ठाउँ हो। यहाँ मखमली फूल ढकमक्क फूलेपछि तिहार नजिकिएको संकेत मिल्छ।

Tata
GBIME

अझ फूल टिप्न थालेपछिको माहोल झनै बेग्लै। तिहार नजिकिएकाले फूल टिप्न यहाँका किसानलाई भ्याइनभ्याई छ। टिप्नेले माला बनाउनेसम्म फूल पुर्‍याउने र फूल जम्मा पारेर माला गाँस्ने गरिन्छ।

तिहार नजिकिएसँगै फूलको माग उच्च हुन्छ। तिहारको बेला फूलको माग बढी हुने हुने भएकाले परिवारका सबैजना यही पेसामा जोडिन्छन्। त्यतिले नभ्याएदेखि खेताला नै चाहिन्छ फूल टिप्न र माला गाँस्न।

फूल लिन गाडी लिएरै गुन्डु पुग्छन् व्यापारीहरू। किसानसँग गोटाको २०/२१ रुपैयाँमा किनेर व्यापारीहरूले बजारमा लगेर ५० देखि १०० रुपैयाँसम्ममा बिक्री गर्ने गर्छन्।

पछिल्लो समय गुन्डुमा मखमलीखेती बढे पनि यसप्रतिको आकर्षण भने घटेको किसान बताउँछन्। पहिले गुन्डुमा मात्रै हुने मखमलीखेती अहिले गुन्डु वरपर पनि फैलिएको छ। किसानका लागि तिहारमा यो फूल आम्दानीको राम्रो स्रोत भएको छ।

फूल आयात नगरी नचल्ने स्वदेशी बजारका लागि गुन्डुको उत्पादन पर्याप्त भने होइन। तर, यहाँका किसानले फूलको खेतीलाई वर्षौंदेखि निरन्तरता दिएका छन्। पानी लाग्ने तर नजम्ने भिराला पाखाहरुमा फूल खेती फस्टाउने गरेको छ। सयपत्रीका तुलनामा टिपेको धेरै दिनसम्म ओइलाएको थाहा नहुने भएकाले मखमलीको आकर्षण बिछट्टको छ।