BIZMANDU
www.bizmandu.com

नेपाल लाइफ इन्स्योरेन्सले मेवा डेभलपर्समा ५० करोड लगानी गर्दै, प्राधिकरणबाट पायो स्वीकृति

२०८१ कात्तिक ५

नेपाल लाइफ इन्स्योरेन्सले मेवा डेभलपर्समा ५० करोड लगानी गर्दै,  प्राधिकरणबाट पायो स्वीकृति
नेपाल लाइफ इन्स्योरेन्सले मेवा डेभलपर्समा ५० करोड लगानी गर्दै, प्राधिकरणबाट पायो स्वीकृति

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले मेवा डेभलपर्स लिमिटेड कम्पनीमा लगानी गर्ने भएको छ। इन्स्योरेन्सले मेवा डेभलपर्ससँग सेयर लगानी सम्झौता गरेको छ।

Tata
GBIME

नेपाल लाइफले प्रति कित्ता १०० रुपैयाँका दरले मेवा डेभलपर्सको ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता सेयर खरिद गर्ने भएको छ।

नेपाल बीमा प्राधिकरणले लगानीका लागि इन्स्योरेन्सलाई स्वीकृति दिइसकेको छ। मेवा डेभलपर्सले मध्य मेवा हाइड्रोपावर र सेवा खोला हाइड्रोपावर परियोजनामा लगानी गरेको छ।