BIZMANDU
www.bizmandu.com

सुनको मूल्य आज पनि बढेर हालसम्मकै उच्च, साताको पहिलो दिन कतिमा हुँदैछ कारोबार ?

२०८१ कात्तिक ४

सुनको मूल्य आज पनि बढेर हालसम्मकै उच्च, साताको पहिलो दिन कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य आज पनि बढेर हालसम्मकै उच्च, साताको पहिलो दिन कतिमा हुँदैछ कारोबार ?


काठमाडौं। सुनको मूल्यले दिनदिनै रेकर्ड बनाइरहेको छ। चार दिनदेखि सुनको मूल्य लगातार बढ्दै हालसम्मकै उच्च भएको छ।

Tata
GBIME

आइतबार तोलामा ६ सय रुपैयाँ बढ्दै सुन प्रति तोला १ लाख ६५ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार सुन तोलामा २ हजार रुपैयाँ वृद्धि भएर प्रतितोला एक लाख ६४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च भएको छ। आइतबार चाँदी तोलामा ९५ रुपैयाँ बढेर प्रतितोला २ हजार ७५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी तोलामा ३० रुपैयाँ बढ्दा प्रतितोला १ हजार ९८० रुपैयाँमा थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य क्रमिक उकालो लाग्दा स्थानीय बजारमा यसको असर परिरहेको छ। आइतबार पनि सुन बढेर प्रति औंस २७२१.४१ डलर पुगेको छ। चाँदी प्रति औंस ३३.३१ डलरमा कारोबार भइरहेको छ।