BIZMANDU
www.bizmandu.com

धिमेले गुन्जियो वसन्तपुर, दरबार क्षेत्रमा एक हजार जनाको सामूहिक नृत्य (तस्बिरहरू)

२०८१ कात्तिक ३

धिमेले गुन्जियो वसन्तपुर, दरबार क्षेत्रमा एक हजार जनाको सामूहिक नृत्य (तस्बिरहरू)
धिमेले गुन्जियो वसन्तपुर, दरबार क्षेत्रमा एक हजार जनाको सामूहिक नृत्य (तस्बिरहरू)


काठमाडौं। विश्व सम्पदा क्षेत्रमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा आज सांस्कृतिक कार्यक्रम आयोजना गरियो।

Tata
GBIME

यस क्रममा १ हजार कलाकारले ‘समूह धिमे नृत्य’ प्रस्तुत गरेका थिए।

धिमे प्रस्तुतिसँगै भेलु र घिन्ताङ्घिसि प्याखं पनि प्रस्तुत गरिएको थियो। यसका साथै १२५ जना स्थानीय कलाकारहरूले अर्केष्ट्रा पनि प्रस्तुत गरेका थिए।

काठमाडौं महानगरपालिकाको सहयोगमा विश्व पर्यटन दिवसको अवसरमा यो सांस्कृतिक तथा रचनात्मक कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम केही साता अगाडि नै गर्ने तय भएपनि बाढी पहिरोका कारण रोकिएको थियो।