काठमाडौं। नेपाली क्रिकेट टोलीले अमेरिकाविरुद्ध सुरुवाती ब्याटिङ गर्ने भएको छ। अमेरिकामा आजबाट सुरु हुन गइरहेको टी-२० सिरिजको पहिलो घरेलु टोलीले टस जितेर नेपाललाई पहिलो ब्याटिङको निम्ता दिएको हो। खेल डल्लासस्थित ग्राण्ड प्रेइरी स्टेडियममा हुँदैछ।
नेपाल र अमेरिकाबीच लिग-टूको त्रिकोणात्मक सिरिज अघि तीन खेलको टी-२० सिरिज आजबाट सुरु हुन लागेको हो। टी-२० अन्तर्राष्ट्रिय फर्म्याटमा यी दुई टोली पहिलो पटक आमनेसामने हुन लागेका हुन्।
सिरिजको दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार हुनेछ। अर्को साताबाट नेपाल, अमेरिका र स्कटल्याण्डबीच लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज सुरु हुनेछ।
नेपालको प्लेइङ ११
अनिलकुमार साह, आशिफ शेख, कुशल भुर्तेल, रोहितकुमार पौडेल (कप्तान), आरिफ शेख, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, रिजन ढकाल र सागर ढकाल