BIZMANDU
www.bizmandu.com

पोखरामा योग महोत्सव २०२४ सम्पन्न, पर्यटन क्षेत्रमा टेवा पुर्‍याउने विश्वास

२०८१ कात्तिक १

पोखरामा योग महोत्सव २०२४ सम्पन्न, पर्यटन क्षेत्रमा टेवा पुर्‍याउने विश्वास
पोखरामा योग महोत्सव २०२४ सम्पन्न, पर्यटन क्षेत्रमा टेवा पुर्‍याउने विश्वास

काठमाडौं । पोखरामा योग महोत्सव २०२४ सम्पन्न भएको छ। होटल संघ नेपाल र गण्डी प्रदेशसँगै पूर्ण योगा रिट्रिट सेन्टरको आयोजनामा योग महोत्सव आयोजना गरिएको थियो।

Tata
GBIME

नेपालमा पहिलोपटक यस्तो महोत्सव आयोजना गरिएको र यसले पर्यटन क्षेत्रमा टेवा पुर्‍याउने विश्वास होटल संघ नेपालको छ।

बुधबार सम्पन्न भएको महोत्सवले मुलुकमा योग पर्यटनको सम्भावना उजागर गर्ने होटल संघ नेपालका महासचिव साजन शाक्यले बताए।

उनले सभा सम्मलेन तथा विवाह गन्तव्यसँगै वेलनेस तथा योग, ट्रेकिङ र ट्राभलका लागि नेपाल आउने  पर्यटकलाई लक्षित गर्दै कार्यक्रम आयोजना गरिएको बताए।

पोखरास्थित पूर्ण योगा रिट्रिट सेन्टरमा आयोजित कार्यक्रममा नेपालीसँगै विदेशबाट ख्यातिप्राप्त कलाकारको प्रस्तुति रहेको संघले जनाएको छ।