BIZMANDU
www.bizmandu.com

सुनको मूल्य लगातार उकालो, तोलामा १३०० रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो

२०८१ असोज ३०

सुनको मूल्य लगातार उकालो, तोलामा १३०० रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो
सुनको मूल्य लगातार उकालो, तोलामा १३०० रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो

काठमाडौं। सुनको मूल्य तोलामा १३ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ बुधबार प्रति तोला १ लाख ६१ हजार ८०० रुपैयाँ पुगेको छ।

Tata
GBIME
Nepal Life

सुन दुई दिनमै तोलामा २७०० रुपैयाँ महँगो भएको हो। दसैं बिदा सुरु हुनु अघिल्लो दिन असोज २३ गते प्रति तोला १ लाख ५९ हजार १०० रुपैयाँ रहेको सुन मंगलबार १४०० रुपैयाँ बढेको थियो।

चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रति तोला १ हजार ९५० रुपैयाँ पुगेको छ। चाँदी मंगलबार पनि प्रति तोला २५ रुपैयाँले महँगिएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपालमा सुनचाँदी दुवैको मूल्य उकालो लागेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस २६६६.४९ डलर र चाँदीको भाउ प्रति औंस ३१.६६ डलर छ।