BIZMANDU
www.bizmandu.com

लेबनानमा ८७७ जना नेपाली शान्ति सैनिक कार्यरत, राष्ट्रसंघ मिसनमा रहेका सबै सुरक्षित

२०८१ असोज २९

लेबनानमा ८७७ जना नेपाली शान्ति सैनिक कार्यरत, राष्ट्रसंघ मिसनमा रहेका सबै सुरक्षित
लेबनानमा ८७७ जना नेपाली शान्ति सैनिक कार्यरत, राष्ट्रसंघ मिसनमा रहेका सबै सुरक्षित

काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ।

Tata
GBIME
Nepal Life

सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिए।

प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसङ्घ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक खटाइने बताए।

‘शान्ति मिसन वरपर छिटपुट घटना भएका छन्। यसबाट दैनिकी र कार्यसम्पादनमा असर परिरहेको छ, संयुक्त राष्ट्रसंघको निर्देशन नेपाली शान्ति सेनाले पालना गर्नेछ,’ सैनिक प्रवक्ता केसीले भने।

हाल लेबनानमा ८७७ नेपाली शान्ति सैनिक छन्।

गत साता इजरायलले लेबनानमा रहेको शान्ति सैनिक माथि आक्रमण गरेको थियो। नेपालले सो आक्रमणको निन्दा गरेको छ।

इजरायलले दक्षिणी लेबनानमा रहेका शान्ति सैनिकलाई सो स्थान छाडेर जान चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघले भने दक्षिणी सुडानबाट सेना नहट्ने बताइसकेको छ।

राससको इन्पुट सहित