BIZMANDU
www.bizmandu.com

बाढी पछि पानी जमेको सहारा, ताल बनेको मरुभूमिको ‘ड्रामाटिक’ तस्विरहरु

२०८१ असोज २९

बाढी पछि पानी जमेको सहारा, ताल बनेको मरुभूमिको ‘ड्रामाटिक’ तस्विरहरु
बाढी पछि पानी जमेको सहारा, ताल बनेको मरुभूमिको ‘ड्रामाटिक’ तस्विरहरु

गत सेप्टम्बरमा सहारा मरुभूमिमा बाढी गयो। बालुवाले भरिएको मरुभूमिमा बाढी पछि धेरै स्थानमा पानी जम्यो। अहिले बाढी पछिका तस्विर र भिडियोहरु बारे विश्वभर चर्चा भइरहेको छ।

Tata
GBIME

दशकौंपछि पहिलोपटक सहारा मरुभूमिमा बाढी गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।

सहारा मरुभूमिमा खासै पानी पर्दैन। प्रत्येक वर्ष केही इन्च वा गर्मी महिनामा विरैले पानी पर्छ।

तर, सेप्टेम्बरमा भने दुईदिन मरुभूमिका विभिन्न भेगमा ठूलो पानी परेको थियो।

मरुभूमिमा ८ इन्चसम्म पानी परेको नासाका तस्विरहरु सार्वजनिक भएका छन्। सेप्टेम्बरमा अधिकांश स्थानमा ३ इन्चसम्म पानी परेको रेकर्ड भएको छ।

मोरोक्कोको मौसम विभागका अधिकारीहरुले ३० देखि ५० वर्षपछि यति पानी परेको बताएका छन्।

All Photos : AP