गुगलले आर्टिफिसियाल इन्टेलिजेन्स (एआइ) डेटा सेन्टरमा ऊर्जा प्रदान गर्ना ठूलो संख्यामा ‘न्यूक्लियर रिएक्टर’को प्रयोग गर्ने भएको छ।
यही दशकमा पहिलो रिएक्टर प्रयोग गर्ने गरि काइरोज पावरसँग सम्झौता भएको कम्पनीले जनाएको छ। गगुलले यो ‘डिल’ कति रकममा भयो र प्लान्ट कहाँ कहाँ निर्माण गरिनेछ भन्नेबारे भने केही खुलाएको छैन।
एआइको प्रयोग बढेसँगै पछिल्लो समय डेटा सेन्टरमा बिजुली निर्वाध रुपमा प्रदान गरिरहन अहिले प्रविधि कम्पनीहरु आणविक स्रोतको प्रयोग गर्न हौसिएका छन्।
यो सम्झौताले आउने दिनमा एआइलाई सबैको पहुँचमा हुने गरि काम गर्न टेवा पुग्ने विश्वास गुगलले लिएको छ।
सम्झौता भए पनि प्लान्ट स्थापना गर्न अमेरिकाको न्यूक्लियर रेगुलटरी कमिसनसँगै स्थानीय प्रशासनले स्वीकृति भने दिनुपर्नेछ।
गत वर्ष नियामक संस्थाले क्यालिफोर्नियाको काइरोज पावरलाई पछिल्लो ५० वर्षमा पहिलोपटक नयाँ प्रकारको आणविक रिएक्टर बनाउन स्वीकृति दिएको थियो। त्यसपछि कम्पनीले ‘डेमोनस्ट्रेसन रिएक्टर’को निर्माणसमेत सुरु गरेको थियो।
काइरोजले ऊर्जा उत्पादन गर्न परम्परागत आणविक प्लान्टमा जस्तै प्रविधि प्रयोग गर्ने गर्छ।