BIZMANDU
www.bizmandu.com

मुम्बईमा सत्तारुढ दलका नेता बाबा सिद्धिकीको हत्या, सलमानमाथि आक्रमण गर्ने विस्नोइ ग्याङ जिम्मेवार

२०८१ असोज २७

मुम्बईमा सत्तारुढ दलका नेता बाबा सिद्धिकीको हत्या, सलमानमाथि आक्रमण गर्ने विस्नोइ ग्याङ जिम्मेवार
मुम्बईमा सत्तारुढ दलका नेता बाबा सिद्धिकीको हत्या, सलमानमाथि आक्रमण गर्ने विस्नोइ ग्याङ जिम्मेवार

भारतको मुम्बईमा राष्ट्रवादी कंग्रेस पार्टी (अजित पावर समूह) का नेताको गोली हानेर हत्या गरिएको छ।

Tata
GBIME

बान्द्रास्थित छोराको कार्यालयबाट बाहिरिने क्रममा उनीमाथि गोली प्रहार भएको थियो। उनीमाथि ३ जना बन्दुकधारीले गोली चलाएको स्थानीय मिडियाले उल्लेख गरेको छ।

उनलाई तत्काल लीलावती अस्पताल लगिए पनि उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।

प्रहरीले दुईजना आरोपीलाई पक्राउ गरेको छ। एकजनाको खोजी जारी छ।

बाबा सिद्धिकीको बलिउडका कलाकारबीच राम्रो सम्बन्ध थियो। विशेष गरि सलमान खानसँग उनको सम्बन्ध जहिलै चर्चामा रहन्थ्यो।

उनीमाथि गोली चलाउनेहरु लरेन्स विस्नोइ ग्याङको भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। विस्नोइ ग्याङले सलमानमाथि धेरैपटक आक्रमणको प्रयास गरेको छ।

यो घटना लगत्तै सलमान ठूलो सुरक्षाकर्मीको घेराबन्दीमा अस्पताल परिसर पुगेका थिए। कुनै बेला ग्याङ वार र अन्डरवर्ल्डका कारण मुम्बईमा त्रास हुन्थ्यो। पछिल्लो समय अन्डरवर्ल्ड समाप्त भए पनि केही समूहको प्रभाव भने जारी रहेको देखिन्छ।

 यही फेब्रुअरीमा नेश्लनल कांग्रेस छाडेर उनी एनसीपीमा आएका थिए। एनसीपीका अध्यक्ष अजित पवार हाल मुम्बईका उपमुख्यमन्त्री छन्। यो घटनापछि विपक्षी दलले सरकारमाथि शान्ति सुव्यवस्थालाई लिएर प्रश्न उठाएको छ।