BIZMANDU
www.bizmandu.com

शक्तिशाली मिल्टन आँधीले बनाएको तहसनहस, ३० लाख घरपरिवार प्रभावित (तस्विरहरु)

२०८१ असोज २५

शक्तिशाली मिल्टन आँधीले बनाएको तहसनहस, ३० लाख घरपरिवार प्रभावित (तस्विरहरु)
शक्तिशाली मिल्टन आँधीले बनाएको तहसनहस, ३० लाख घरपरिवार प्रभावित (तस्विरहरु)


काठमाडौं । अमेरिकाको फ्लोरिडामा मिल्टन आँधीले ठूलो क्षति पुर्‍याएको छ। १०० वर्ष यताकै शक्तिशाली आँधीका रुपमा प्रक्षेपण गरिएको यो आँधीका कारण हालसम्म १६ जनाको मृत्यु भइसकेको छ।

Tata
GBIME
NLIC

लाखौं मानिस आँधीबाट प्रभावित छन्। करिब ३० लाख घरपरिवार अहिले विद्युत बिहीन छन्। धेरै घर डुबानमा परेका छन्। तिब्र वेगको आँधीका कारण कयौं घरहरुमा धेरै क्षति पुगेको छ।

हाल आँधी प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी छ। स्थानीयलाई प्रभावित क्षेत्रमा नजान प्रशासनले सूचित गरेको छ। आँधीको पूर्वसूचनालाई आधार बनाएर फ्लोरिडाबाट लाखौं मानिस केही दिन अघि नै बाहिरिएका थिए।

आँधीले खानेपानीको पाइपलाइनमा पनि क्षति पुर्‍याएको छ। जसकारण लाखौं मानिस सम्म पानी पुर्‍याउन ग्राहो भइरहेको छ।

स्थानीयले आँधी घरभित्रै प्रवेश गरेको जस्तो आभाष गरेको स्थानीय मिडियाले उल्लेख गरेका छन्।

आँधीपछिको तस्विरहरु

T

ALL PHOTO : AP/AFP via RSS and BBC