BIZMANDU
www.bizmandu.com

सानिमा बैंकको नगद लाभांश घोषणा, सेयरधनीलाई ७१ करोड ४८ लाख रुपैयाँ प्रतिफल

२०८१ असोज २३

सानिमा बैंकको नगद लाभांश घोषणा, सेयरधनीलाई ७१ करोड ४८ लाख रुपैयाँ प्रतिफल
सानिमा बैंकको नगद लाभांश घोषणा, सेयरधनीलाई ७१ करोड ४८ लाख रुपैयाँ प्रतिफल

काठमाडौं। सानिमा बैंकले लाभांश घोषणा गरेको छ। मंगलबार बसेको बैंकको सञ्चालक समिति बैठकले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Tata
GBIME

आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सानिमाका सेयरधनीले करसहित ५.२६ प्रतिशतले हुन आउने ७१ करोड ४८ लाख २२ हजार रुपैयाँ प्रतिफल पाउनेछन्।

नेपाल राष्ट्र बैंकमा स्वीकृतिको र बैंकको साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन्। सानिमाले गत वर्ष २ अर्ब ३८ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको हाल चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ छ।

बैंकले २०७९/८० मा ५.७ प्रतिशत नगद लाभांश र ९ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। त्यस्तै, २०७८/७९ मा १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।