BIZMANDU
www.bizmandu.com

खानेपानी मन्त्रालयले माग्यो २७ इन्जिनियर, करारमा पदपूर्तिका लागि दरखास्त खुला

२०८१ असोज २३

खानेपानी मन्त्रालयले माग्यो २७ इन्जिनियर, करारमा पदपूर्तिका लागि दरखास्त खुला
खानेपानी मन्त्रालयले माग्यो २७ इन्जिनियर, करारमा पदपूर्तिका लागि दरखास्त खुला

काठमाडौं। खानेपानी मन्त्रालयअन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागले दुई दर्जनभन्दा बढी इन्जिनियरको पदपूर्ति गर्ने भएको छ। इन्जिनियर, नेपाल इन्जिनियरिङ, सिभिल, सेनिटरी, राजपत्रांकित तृतीय (प्राविधिक) तर्फ रिक्त २७ जनाको दरबन्दीमा स्थायी पदपूर्ति नहुन्जेलका लागि हाललाई करारमा लिने भएको हो।

Tata
GBIME
Nepal Life

मान्यताप्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ विषयमा बीइ वा सो सरह उत्तीर्णले दरखास्त दिन सक्ने बुधबार प्रकाशित सूचनामा छ। छनोटको आधार शैक्षिक योग्यता र अन्तर्वार्ता हुनेछ।

दरखास्त साथ उम्मेदवार स्वयंले प्रमाणित गरेको न्यूनतम शैक्षिक योग्यताका प्रमाणपत्र ( लब्धांकपत्र र चारित्रिक प्रमाणपत्र),  नेपाली नागरिकताको प्रमाणपत्र र नेपाल इन्जिनियरिङ परिष‌द्‍मा दर्ता भएको प्रमाणपत्र समेतका प्रमाणित प्रतिलिपीहरु पेस गर्नु पर्नेछ। दरखास्त दिने अन्तिम मिति सम्ममा २१ वर्ष उमेर पुरा भएको र ५८ वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।

छनोट सम्बन्धी प्रक्रिया खानेपानी मन्त्रालयबाट स्वीकृत ‘खानेपानी मन्त्रालय मातहतका निकायहरुमा सेवा करारमा प्राविधिक जनशक्ति छनोट गर्न तयार गरिएको कार्यविधि, २०८१ बमोजिम हुने’ सूचनामा छ।

छनोट भएकाहरुलाई खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको जिल्लास्थित आयोजनाहरुमा खटाइने छ। दरखास्त दिने म्याद आगामी कात्तिक ९ गतेसम्म छ।