काठमाडौं। सुनको कारोबार मूल्य तोलामा ४ सय रुपैयाँ घटेको छ। मंगलबारका लागि सुन प्रति तोला १ लाख ६० हजार १ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार ५ सय रुपैयाँ घट्दा प्रति तोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। गत आइतबार तोलाको १ लाख ६१ हजार रुपैयाँ थियो।
चाँदीको मूल्य तोलामा ४० रुपैयाँ घटेर प्रति तोला १ हजार ९ सय ४० रुपैयाँमा आइपुगेको छ। सोमबार चाँदी तोलामा ५ रुपैयाँ घट्दा प्रति तोला १ हजार ९ सय ८० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रति औंस २६४६.७६ डलर र चाँदी प्रति औंस ३१.४४ डलर छ। सुनचाँदीको मूल्य सोमबार भन्दा घटेको हो। अघिल्लो दिन सुन प्रति औंस २६४६.७६ डलर र चाँदी ३२.०८ डलरमा कारोबार भएको थियो।