BIZMANDU
www.bizmandu.com

स्टार माइक्रोले २२ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्ने, गरिमा क्यापिटल बिक्री प्रबन्धक

२०८१ असोज २१

स्टार माइक्रोले २२ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्ने, गरिमा क्यापिटल बिक्री प्रबन्धक
स्टार माइक्रोले २२ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्ने, गरिमा क्यापिटल बिक्री प्रबन्धक

काठमाडौं। स्टार माइक्रो इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आइपीओ निष्कासन गर्न बिक्री प्रबन्धक नियुक्त गरेको छ।

Tata
GBIME

गरिमा क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको कम्पनीले जनाएको छ। स्टार माइक्रो र गरिमा क्यापिटलबीच आइपीओ प्रत्याभूति व्यवस्थापनको कार्य गर्ने सम्बन्धी सम्झौता भएको छ। क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

इन्स्योरेन्सले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपीओ अंकित मूल्य १०० रुपैयाँमा निष्कासन गर्ने भएको हो।

नेपाल बीमा प्राधिकरणले माइक्रो इन्स्योेरेन्सको चुक्ता पुँजी ७५ करोड रुपैयाँ तोकेको छ। कम्पनीले चुक्ता पुँजीको ३० प्रतिशत आइपीओ बिक्री गर्न लागेको हो।

स्टार माइक्रोले २०७९ पुसमा प्राधिकरणबाट व्यवसाय गर्ने लाइसेन्स पाए पनि २०८० भदौदेखि निर्जीवन लघु बीमाको व्यवसाय सुरु गरेको थियो।