BIZMANDU
www.bizmandu.com

उच्च मूल्यमा पुगेको सुन प्रति तोला ५ सय घट्यो, चाँदी तोलामा ५ रुपैयाँ सस्तियो 

२०८१ असोज २१

उच्च मूल्यमा पुगेको सुन प्रति तोला ५ सय घट्यो, चाँदी तोलामा ५ रुपैयाँ सस्तियो 
उच्च मूल्यमा पुगेको सुन प्रति तोला ५ सय घट्यो, चाँदी तोलामा ५ रुपैयाँ सस्तियो 


काठमाडौं। उच्च मूल्यमा पुगेको सुन विस्तारै घट्दै छ। साताको दोस्रो दिन तोलामा ५ सय रुपैयाँ घटेको छ। सुनको कारोबार मूल्य सोमबार प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME

गत शुक्रबारका तुलनामा ३ सय रुपैयाँ घट्दा साताको पहिलो दिन प्रति तोला १ लाख ६१ हजार रुपैयाँमा भएको थियो।

चाँदी तोलामा ५ रुपैयाँ घटेको छ। सोमबार कारोबार मूल्य प्रति तोला १ हजार ९ सय ८० रुपैयाँ भएको छ। ५ रुपैयाँ बढ्दा आइतबार प्रति तोला १ हजार ९ सय ८५ रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको सुनको भाउ पुन : घट्न थालेको छ। सोमबार सुन प्रति औंस २६४६.७६ डलर र चाँदी प्रतिऔंस ३२.०८ डलर छ।