BIZMANDU
www.bizmandu.com

आजको मौसम पूर्वानुमान : कमजोर हुँदै मनसुनी वायु, केही स्थानमा वर्षाको सम्भावना

२०८१ असोज २१

आजको मौसम पूर्वानुमान : कमजोर हुँदै मनसुनी वायु, केही स्थानमा वर्षाको सम्भावना
आजको मौसम पूर्वानुमान : कमजोर हुँदै मनसुनी वायु, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । आइतबारदेखि मनसुन नेपालको सुदूरपश्चिम प्रदेश लगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु कमजोर हुँदै गईरहेको हुनाले बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना छ।

Tata
GBIME
Nepal Life

आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ। पूर्वी र मध्य भागमा भारतको पश्चिम बंगालको उत्तर भू-भाग तथा आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

अहिले बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाको प्रक्षेपण छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राती कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। राति कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।