BIZMANDU
www.bizmandu.com

एनपीएल अक्सनमा सबैभन्दा कम खर्चिने चितवनले २७ लाख उबार्‍यो, कुन टोलीले कति खर्चिए?

२०८१ असोज २०

एनपीएल अक्सनमा सबैभन्दा कम खर्चिने चितवनले २७ लाख उबार्‍यो, कुन टोलीले कति खर्चिए?
एनपीएल अक्सनमा सबैभन्दा कम खर्चिने चितवनले २७ लाख उबार्‍यो, कुन टोलीले कति खर्चिए?

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन आज सम्पन्न भएको छ। सहभागी ८ टोलीले आफ्नो टोलीमा ‘ए’ र ‘सी’ वर्गीकरणका तीन र ‘बी’ बाट ४ खेलाडीको चयन गरेका छन्। अब मार्की खेलाडीसहित हरेक टोलीसँग ११ खेलाडी छन्।

Tata
GBIME

आइतबार सम्पन्न अक्सनमा सबै टोलीसँग ९० लाखको पर्स थियो। यसैबाट तीन वर्गीकरणका खेलाडी बोलकबोलमार्फत छनोट गर्नुपर्ने थियो। यसमा सबैभन्दा धेरै रकम लुम्बिनीले खर्चिदा सबैभन्दा कम चितवनले खर्चियो। चितवनले कुनै पनि खेलाडीमा अधिकतम १५ लाख रुपैयाँ खर्चिएन।

सबैभन्दा कम खर्चिएको चितवन राइनोजले ६३ लाख रुपैयाँ खर्च गर्‍यो। यसो गर्दा २७ लाख रुपैयाँ बाँकी रहेको छ।

चितवन पछि विराटनगर कम खर्चने टोली रह्यो। विराटनगर किंग्सले साढे ६६ लाख रुपैयाँ खर्च गर्दा साढे २३ लाख रुपैयाँ उबार्‍यो।

सम्बन्धित समाचार: अक्सनमा लुम्बिनीले खर्चियो सबैभन्दा धेरै रकम, दुईदेखि पन्ध्र लाख रुपैयाँमा कुन खेलाडी कहाँ?

तेस्रो कम खर्च गर्ने टोली बन्यो काठमाडौं गुर्खाज। उसले साढे ७० लाख रुपैयाँ खर्चँदा साढे १९ लाख रुपैयाँ उबार्‍यो।

कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले समान ७४ लाख रुपैयाँ खर्च गर्दै १६ लाख रुपैयाँ उबारे।

अक्सनमा धेरै खर्च गर्ने टोलीको सूचीमा तेस्रो तेस्रो नम्बरमा रह्यो जनकपुर बोल्टस्। उसले ७९.२५ लाख रुपैयाँ खर्च गर्दा १०.७५ लाख रुपैयाँ उबार्‍यो।

त्यस्तै दोस्रो ठूलो खर्च गर्ने टोली बन्यो पोखरा एभेन्जर्स। यसअघि फ्रेन्चाइजी स्वामित्वका लागि भएको बिडिङमा पनि सबैभन्दा ठूलो रकम खर्चिएको पोखरा ६ टोलीभन्दा खेलाडी अक्सनमा पनि अगाडि नै रह्यो। उसले ८०.५० लाख रुपैयाँ खर्च गर्दा ९.५० लाख रुपैयाँ उबार्‍यो।

आइतबारको अक्सनमा सबैभन्दा ठूलो रकम खर्चने टोली बन्यो लुम्बिनी लायन्स। उसले ८४.७५ लाख रुपैयाँ खर्चँदा ५.२५ लाख रुपैयाँमात्र उबार्‍यो। अब, टोलीहरुको नजर विदेशी खेलाडीमा रहनेछ। अक्सनमा कमजोर रहेको भूमिकामा विदेशी खेलाडी भित्र्याउनेमा फ्रेन्चाइजीहरुको जोड रहनेछ।