BIZMANDU
www.bizmandu.com

अक्सनमा लुम्बिनीले खर्चियो सबैभन्दा धेरै रकम, दुईदेखि पन्ध्र लाख रुपैयाँमा कुन खेलाडी कहाँ?

२०८१ असोज २०

अक्सनमा लुम्बिनीले खर्चियो सबैभन्दा धेरै रकम, दुईदेखि पन्ध्र लाख रुपैयाँमा कुन खेलाडी कहाँ?
अक्सनमा लुम्बिनीले खर्चियो सबैभन्दा धेरै रकम, दुईदेखि पन्ध्र लाख रुपैयाँमा कुन खेलाडी कहाँ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन सम्पन्न भएको छ। काठमाडौंमा आज सम्पन्न अक्सनमा ८ फ्रेन्चाइजीले कम्तीमा दुई लाखदेखि बढीमा १५ लाखसम्म खर्चिएर बिडिङ गरेका हुन्।

Tata
GBIME

योसँगै हरेक टोलीले ‘ए’ क्याटागोरीबाट ३, ‘बी’ क्याटागोरीबाट ४ र ‘सी’ क्याटागोरीबाट चार गरी १० खेलाडी सुरक्षित गरेका छन्। मंसीर १५ गतेबाट सुरु हुने एनपीएलमा हरेक टोलीसँग मार्की खेलाडीसहित ११ खेलाडीको टुंगो लागेको छ। अब, विदेशी खेलाडी र ट्यालेन्ट हण्टबाट आउने खेलाडीमा नजर रहनेछ।

आज अक्सनमा सहभागी हरेक टोलीसँग ९० लाखको पर्स उपलब्ध थियो। यसमा सबैभन्दा धेरै लुम्बिनी लायन्सले र सबैभन्दा कम चितवन राइनोजले खर्च गर्‍यो। लुम्बिनीले सर्वाधिक ८४.७५ लाख खर्च गरेर ५.२५ लाख उबार्‍यो। त्यस्तै चितवनले ६३ लाख खर्चिएर २७ लाख रुपैयाँ उबार्‍यो।

१२ जना खेलाडी सर्वाधिक १५ लाख रुपैयाँमा बिड भए। जसमा ललित नारायण राजवंशी र अनिलकुमार शाहलाई उच्चतम रकम खर्चँदै जनकपुर गोल्ड्सले बिड गर्‍यो।

त्यस्तै, लुम्बिनी लायन्सले सन्दीप जोरा, विवेक यादव र सूर्य तमाङमाथि १५ लाख खर्चियो।

सुदूरपश्चिमले आरिफ शेख, विराटनगर किंग्सले प्रतिस जिसी र लोकेश बम, पोखराले सागर ढकाल, काठमाडौंले भीम सार्की र साहब आलम तथा कर्णालीले गुल्सन झामाथि उच्चतम रकम खर्चिए।

कस्तो बन्यो टोली?

सुदूरपश्चिम रोयल्स

दीपेन्द्रसिंह ऐरी (मार्की खेलाडी), भोजराज भट्ट (सी), अमित श्रेष्ठ (बी), मोहम्मद आरिफ शेख (ए), अभिनास बोहरा (ए), खडक बहादुर बोहरा (बी), नरेन साउद (सी), अर्जुन कुमाल (बी), इशान पाण्डे (बी), बिनोद भण्डारी (ए) र नरेश बुढायर (बी)

कर्णाली याक्स

सोमपाल कामी (मार्की खेलाडी), दीपेन्द्र रावत (सी), रित गौतम (बी), दीपक डुम्रे (सी), मौसम ढकाल (बी), नन्दन यादव (ए), भुवन कार्की (बी), युनिस विक्रम सिंह ठकुरी (सी), अर्जुन घर्ती (बी), देव खनााल (ए), गुल्सन कुमार झा (ए)

लुम्बिनी लायन्स

रोहितकुमार पौडेल (मार्की खेलाडी), आशुतोष घिरैया (बी), सूर्य तामाङ (ए), दिनेश अधिकारी (सी), विवेक यादव (ए), दुर्गेश गुप्ता (बी), तिलकराज भण्डारी (बी), अभिशेष गौतम (सी), सुन्दीप जोरा (ए), अर्जुन साउद (बी), विकाश अगारी (बी)

काठमाडौं गुर्खाज

करण केसी (मार्की खेलाडी), दीपेश प्रसाद कँडेल (बी), सुमित महर्जन (बी), शाहब आलम (ए), शंकर राना (बी), भीम सार्की (ए), विवेक केसी (सी), प्रतिक श्रेष्ठ (सी), राजु रिजाल (सी), राशिद खान (ए), कृष्ण कार्की (बी)

चितवन राइनोज

कुशल मल्ल (मार्की खेलाडी), रिजन ढकाल (ए), विपिन रावल (बी), रञ्जित कुमार (सी), सन्तोष कार्की (सी), दीपेश श्रेष्ठ (बी), गौतम केसी (सी), अमरसिंह रौटेला (बी), दीपक बोहरा (बी), कमलसिंह ऐरी (ए), शरद भेषवाकर (ए)

विराटनगर किंग्स

सन्दिप लामिछाने (मार्की खेलाडी), सुवास भण्डारी (सी), लोकेश बम (ए), नरेन भट्ट (सी), प्रतिश जिसी (ए), राजेश पुलामी मगर (बी), जितेन्द्रकुमार मुखिया (बी), अनिल खरेल (बी), दिपक बोहरा (बी), बसीर अहमद (ए), मृनल गुरुङ (सी),

पोखरा एभेन्जर्स

कुशल भुर्तेल (मार्की खेलाडी), दिनेश खरेल (सी), किरण ठगुन्ना (बी), सागर ढकाल (ए), नारायण जोशी (बी), आकाश चन्द (ए), अमृत गुरुङ (सी), विपिन खत्री (बी), तृतराज दास (सी), दीलिप नाथ (ए), सुनम गौतम (ए)

जनकपुर बोल्टस

आशिफ शेख (मार्की खेलाडी), अनिलकुमार साह (ए), ललित राजवंशी (ए), अरनिको प्रसाद यादव (सी), रुपेशकुमार सिंह (बी), शुभ कंशाकार (सी), तुलबहादुर थापा मगर (सी), किशोर महतो (ए), शेर मल्ल (बी), हेमन्त धामी (ए), आकाश त्रिपाठी (बी)