BIZMANDU
www.bizmandu.com

सेयर बजारमा हरियाली, नेप्से ५६.०९ अंकले बढ्दा ६ अर्ब १३ करोड रुपैयाँको कारोबार

२०८१ असोज २०

सेयर बजारमा हरियाली, नेप्से ५६.०९ अंकले बढ्दा ६ अर्ब १३ करोड रुपैयाँको कारोबार
सेयर बजारमा हरियाली, नेप्से ५६.०९ अंकले बढ्दा ६ अर्ब १३ करोड रुपैयाँको कारोबार

काठमाडौं। सेयर बजार परिसूचक दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक आइतबार ५६.०९ अंकले बढेर २६५३.५८ विन्दुमा पुगेको हो। १३ वटै उपसूहको सूचक बढ्दा फाइनान्स उपसमूह सबैभन्दा धेरै ६.३० प्रतिशतले उकालो लागेको छ।

Tata
GBIME
Nepal Life

बजारमा २१९ कम्पनीका लगानीकर्ताले कमाएका छन्। धेरै कमाउनेमा ङ्यादी हाइड्रोपावरका लगानीकर्ता छन्। यो कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

२३ कम्पनीका लगानीकर्ताले भने गुमाएका छन्। धेरै गुमाउनेमा विन नेपाल लघुवित्तका लगानीकर्ता छन्। यो कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।

बजारमा ६ अर्ब १३ करोड ८२ लाख रुपैयाँको सेयर किनबेच भएको छ। साहस ऊर्जाको सबैभन्दा धेरै ६३ करोड ८३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।