BIZMANDU
www.bizmandu.com

दसैं मनाउन घर जानेको चटारो, जडिबुटीको बसपार्कमा उपत्यका छाड्नेको भिड (तस्विरहरु)

२०८१ असोज २०

दसैं मनाउन घर जानेको चटारो, जडिबुटीको बसपार्कमा उपत्यका छाड्नेको भिड (तस्विरहरु)
दसैं मनाउन घर जानेको चटारो, जडिबुटीको बसपार्कमा उपत्यका छाड्नेको भिड (तस्विरहरु)


काठमाडौं । दसैं सुरु भएसँगै काठमाडौं उपत्यकाबाट मानिसहरु आफ्नो घर फर्कन थालेका छन्। घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र संघसंस्था बन्द भएपछि घर जानेको संख्या बढ्दो छ।

Tata
GBIME
NLIC

काठमाडौंको नयाँ बसपार्क, गोंगबु, बल्खु, जोरपाटी, कोटेश्वर, जडिबुटी, कलंकी, भक्तपुरको लोकन्थली लगायतका क्षेत्रमा अहिले मानिसको भिड छ।

दसैंमा घर जानेहरुले लामो तथा मध्यम दुरीको बसको टिकट यसअघि नै अग्रिम रुपमा काटिसकेका छन्। तर यसपटक बाढी पहिरोका कारण धेरै सडकहरु बिग्रिएका छन्। जसले गर्दा बाहिरिने मानिसको संख्यामा कमी आउने अनुमान गरिएको छ।

यद्यपि, बिहान र बेलुकीको समयमा बस छुट्ने मुख्यस्थलहरुमा भने चाप बढ्न थालेको छ।

नयाँ बसपार्कबाट एकसाथ गाडी छुट्दा कलंकीसम्म जाम हुने अवस्था छ। जडिबुटीको अवस्था पनि त्यस्तै छ।

ट्राफिक प्रहरीले उपत्यका बाहिरिने यात्रुको सहजताका लागि उपत्यकाका विभिन्‍न १५ स्थानमा यात्रु सहायता कक्षसमेत सञ्‍चालन गरेको छ।