BIZMANDU
www.bizmandu.com

बीमा कम्पनीहरुलाई प्राधिकरणको निर्देशन- ‘सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा दिउँ’

२०८१ असोज १९

बीमा कम्पनीहरुलाई प्राधिकरणको निर्देशन- ‘सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा दिउँ’
बीमा कम्पनीहरुलाई प्राधिकरणको निर्देशन- ‘सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा दिउँ’

काठमाडौं। हालैको बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा भएको जनधनको क्षतिमा विभिन्न क्षेत्रबाट सहयोग संकलन भइरहेको छ। नेपाल बीमा प्राधिकरणले सबै बीमा कम्पनीहरूलाई सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम जम्मा गर्न निर्देशन दिएको छ।

Tata
GBIME

नेपाल बीमा प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीका अनुसार सबै बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूलाई संस्थागत सामाजिक उत्तरदायित्व कोष वा अन्य कुनै कोषबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा यथाशक्य छिटो सहयोग रकम जम्मा गर्न निर्देशन दिइएको हो।

निजी क्षेत्रका कम्पनीहरुले विषम परिस्थिति पार लगाउन सहयोग दिइरहेका छन्। यस्तो बेला प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा रकम जम्मा भए सरकारले राहत र पुनर्निर्माणका काम अघि बढाउन सहज हुने प्राधिकरणले जनाएको छ।