काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुका लागि भाग्यशाली उपहार योजना कार्यक्रम सञ्चालन गरेको छ।
कम्पनीले अभिकर्ताहरुको मनोबल उच्च राख्न भन्दै भाग्यशाली उपहार योजना कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
योजनाअन्तर्गत प्रथम पुरस्कारस्वरुप एक जनाले १२५ सीसीको हिरो मोटरसाइकल पाएका छन्। दोश्रो पुरस्कारस्वरुप एक जनाले आइफोन १३ र तेश्रो पुरस्कारस्वरुप एक जनाले ५ ग्राम सुन जितेको कम्पनीले जनाएको छ।
सान्त्वना पुरस्कारस्वरुप १५ जनाले विद्युतीय हिटर पाएका छन्।