BIZMANDU
www.bizmandu.com

सुन र चाँदी दुवैको मूल्य लगातार उकालो, प्रतितोला ४०० बढेपछि कति पुग्यो सुनको भाउ?

२०८१ असोज १८

सुन र चाँदी दुवैको मूल्य लगातार उकालो, प्रतितोला ४०० बढेपछि कति पुग्यो सुनको भाउ?
सुन र चाँदी दुवैको मूल्य लगातार उकालो, प्रतितोला ४०० बढेपछि कति पुग्यो सुनको भाउ?


काठमाडौं। सुनको मूल्य लगातार उकालो लागेको छ। शुक्रबार सुन तोलामा ४०० रुपैयाँ महँगिएको छ।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रति तोला १ लाख ६१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ। यो हालसम्मकै उच्च मूल्य हो।

असोज ११ गते १ लाख ६१ हजार २०० रुपैयाँ पुगेर रेकर्ड ब्रेक भएकामा त्यसपछि घटेको सुनको भाउ केही दिनयता लगातार बढिरहेको छ।

सुनको मूल्य प्रति तोला बिहीबार १ लाख ६० हजार ९००, बुधबार १ लाख ६० हजार ८०० र मंगलबार १ लाख ६० हजार रुपैयाँ थियो।

यस्तै चाँदीको भाउ पनि उकालो लागेको छ। बिहीबार प्रति तोला १ हजार ९५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर १ हजार ९८० रुपैयाँ पुगेको छ। चाँदीको भाउ प्रति तोला बिहिबार १५ र बुधबार १० रुपैयाँ बढेको थियो।

अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले त्यसको असर नेपालमा पनि मूल्य बढेको महासंघले जनाएको छ।