BIZMANDU
www.bizmandu.com

श्रीले आजबाट काठमाडौं-भरतपुर उडान थाल्ने, टर्बो प्रोपले दैनिक दुईवटा उडान गर्ने तयारी

२०८१ असोज १८

श्रीले आजबाट काठमाडौं-भरतपुर उडान थाल्ने, टर्बो प्रोपले दैनिक दुईवटा उडान गर्ने तयारी
श्रीले आजबाट काठमाडौं-भरतपुर उडान थाल्ने, टर्बो प्रोपले दैनिक दुईवटा उडान गर्ने तयारी

काठमाडौं । श्री एयरलाइन्सले शुक्रबारबाट काठमाडौं-भरतपुर उडान सुरु गर्ने भएको छ। यसअघि सो रुटमा बुद्धको एटिआर-४२ ले मात्र हवाई सेवा दिँदै आएको थियो।

Tata
GBIME
Nepal Life

यो गन्तव्यमा श्रीले आजबाट चार्टर उडानबाट आफ्नो सेवा सुरु गरेको प्रवक्ता अनिल मानन्धरले बताए।

‘यो पटक यात्रुको माग अत्यधिक आएसँगै नागरिक उड्डयन प्राधिकरणसँगको सबै प्रक्रिया पूरा गरेर आजबाट चार्टर्ड उडान सुरु गरेका हौं,’प्रवक्ता मानन्धरले भने,’केही दिनभित्रै दैनिक दुईवटा नियमित उडान गर्ने गृहकार्य अगाडि बढिसकेको छ।’

कम्पनीले बम्बार्डियरको क्यू ४०० सिरिजको जहाजमार्फत यो चार्टर उडान गर्न लागेको हो।

‘काठमाडौं -भरतपुर उडानमा ७० यात्रु र भरतपुर-काठमाडौं उडानमा ५० यात्रु रहनेछन्,’ मानन्धरले भने।

सो रुटमा संचालित बुद्धसँग भएको जहाजको फ्लाइङ साइकल थोरै मात्र बाँकी रहेको छ। कम्पनीले ३ मध्ये एउटा जहाजलाई विदाइ गरिसकेको छ।

बुद्धका बिक्री निर्देशक रुपेश जोशीका अनुसार यो गन्तव्यमा अहिले दैनिक १० वटा उडान भइरहेको छ।

‘हामीले यो गन्तव्यमा एटिआर-७२ मार्फत उडान गर्ने अनुमति पाइसकेका छौं । छिट्टै काठमाडौ-भरतपुर एटिआर ७२ मार्फत उडान गर्ने योजनामा छौं,’ उनले भने।