BIZMANDU
www.bizmandu.com

दसैं सुरु : हनुमानढोका दसैंघरमा घटस्थापनासँगै राखियो जमरा (तस्वीरहरु)

२०८१ असोज १७

दसैं सुरु : हनुमानढोका दसैंघरमा घटस्थापनासँगै राखियो जमरा (तस्वीरहरु)
दसैं सुरु : हनुमानढोका दसैंघरमा घटस्थापनासँगै राखियो जमरा (तस्वीरहरु)


काठमाडौं। हनुमानढोकाको दसैंघरमा बिहीबार शुभ साइतमा जमरा राखिएको छ। घटस्थापनाका दिन छरेका बीउ उम्रिएपछि दसौं दिन जमरा देवीको प्रसादका रूपमा लगाउने चलन छ।

Tata
GBIME
NLIC

बिहान ९ बजेर १६ मिनेटको साइतमा जमरा राखिएको हो। उक्त अवसरमा हनुमानढोका परिसरमा सेनाको एक टुकडीले मंगल धुन बजाउनुका साथै बढाइँ गरेको थियो।

विधिपूर्वक घटस्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा गर्ने चलन छ। दसैंमा नवरात्रिको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ।

घटस्थापना गरेर जमरा राखेसँगै यस वर्षको दसैं विधिवत् सुरु भएको छ।