BIZMANDU
www.bizmandu.com

बंगलादेशलाई ४० मेगावाट विद्युत् बिक्रीको सुनिश्चितता, बिहीबार हुँदै त्रिपक्षीय सम्झौता

२०८१ असोज १६

बंगलादेशलाई ४० मेगावाट विद्युत् बिक्रीको सुनिश्चितता, बिहीबार हुँदै त्रिपक्षीय सम्झौता
बंगलादेशलाई ४० मेगावाट विद्युत् बिक्रीको सुनिश्चितता, बिहीबार हुँदै त्रिपक्षीय सम्झौता

काठमाडौं। नेपाल र बंगलादेशबीच भोलि (बिहीबार) विद्युत् व्यापार सम्झौता हुने भएको छ। दुई देशबीचका ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको छैटौं बैठकले सम्झौताको टुंगो लगाएको हो।

Tata
GBIME
Nepal Life

बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्ने गरी यसअघि भएको सैद्धान्तिक समझदारी अनुसार बिक्री सम्झौता हुन लागेको हो। नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम,  भारतबीच सम्झौतामा हस्ताक्षर हुने छ।

संयुक्त बैठकले दुई देशबीच विद्युत् व्यापारका लागि प्रस्तावित अन्तर्देशीय प्रसारण लाइनहरूको प्राविधिक र आर्थिक पक्षको अध्ययन गर्ने सहमति भएको छ। नेपालको जलविद्युत क्षेत्रमा लगानीको प्रवर्द्धन गर्नको लागि बंगलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न व्यावसायिक सम्मेलन आयोजना गर्ने सम्बन्धमा पनि सहमति भएको जनाइएको छ।  

यस्तै दुई देशका वैकल्पिक ऊर्जाका क्षेत्रमा काम गर्ने संस्थाबीच सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रलाई प्रशासनिक प्रक्रिया पूरा गरी अन्तिम रूप दिने र हस्ताक्षर गर्ने पनि सचिव स्तरीय बैठकले निर्णय गरेको छ। नेपाल, बंगलादेश र भारतबीच विद्युत् व्यापार, अन्तर्देशीय प्रसारण लाइन निर्माणलगायतका विद्युत् क्षेत्रमा सहकार्यका लागि त्रिपक्षीय संयन्त्र बनाउन पहल गर्ने पनि निर्णय भएको छ।