BIZMANDU
www.bizmandu.com

सिप्रदीद्वारा दसैंमा बाहिरिने यात्रुलाई लक्षित गर्दै उपत्यकाका १५ प्रमुख स्थानमा सहायता कक्षा स्थापना

२०८१ असोज १५

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग र सिप्रदियन सहायता संस्थाद्वारा दसैंमा बाहिरिने यात्रुहरुलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका १५ स्थानहरुमा यात्रु सहायता कक्ष संचालनमा ल्याएको छ।

Tata
GBIME
NLIC

दशैं मनाउन उपत्यका छोड्ने यात्रुहरुको संख्या उल्लेख्य रुपमा बढ्ने हुनाले काठमाडौं महानगर, महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग र नाडाको सहकार्यमा सहायता कक्ष संचालन गरिएको हो।

काठमाडौंमा बल्खु, नयाँ-बसपार्क,गौशाला, चापागाउँ, हल्चोक,चावहिल,जावलाखेलवाफल, कलंकी, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा,  नागढुंगा, जडीबुटी र जगातीमा यात्रु सहायता कक्ष राखिएको छ।

महंगो टिकट मूल्य, टिकट नपाउने लगायत समस्यालाई न्यूनिकरण गर्ने उद्देश्यले विभिन्न रुटमा लागू हुने भाडा नै उल्लेख गरेर सहायता कक्ष निर्माण गरिएको छ। सो कक्षबाट यात्रीहरुलाई सुरक्षा सम्बन्धी सु-सुचितसमेत गरिनेछ।