BIZMANDU
www.bizmandu.com

सुनको मूल्य ५०० रुपैयाँले घटेर प्रतितोला एक लाख ६० हजारमा आइपुग्यो, चाँदी पनि घट्यो

२०८१ असोज १५

सुनको मूल्य ५०० रुपैयाँले घटेर प्रतितोला एक लाख ६० हजारमा आइपुग्यो, चाँदी पनि घट्यो
सुनको मूल्य ५०० रुपैयाँले घटेर प्रतितोला एक लाख ६० हजारमा आइपुग्यो, चाँदी पनि घट्यो


काठमाडौं । यो साता सुनको मूल्य दैनिक घटिरहेको छ। मंगलबारका लागि सुनको कारोबार मूल्य प्रतितोला एक लाख ६० हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME

अघिल्लो दिनको तुलनामा सुन तोलामा आज ५०० रुपैयाँले घटेको हो।

सोमाबार सुन तोलामा १०० रुपैयाँ घटेर प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि तोलामा आज १५ रुपैयाँले घटेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा आइपुगेको छ। सोमबार चाँदी ५ रुपैयाँले घट्दा कारोबार मूल्य प्रतितोला एक हजार ९४० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन घट्दै प्रतिऔंस २६३९.८७ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस ३१.३६ डलर छ। सोमबार सुन प्रतिऔंस २६५४.२६ डलर र चाँदी प्रतिऔंस ३१.३६ डलर थियो।