काठमाडौं । दोस्रो परा-हिमालय सञ्चार तथा सामाजिक विकास सङ्गोष्ठी धुलिखेलमा हुने भएको छ। बुधवारदेखि चार दिन सम्म चल्ने सङ्गोष्ठीको उद्घाटन सञ्चारमन्त्री पृथ्वि सुब्बा गुरुङ र नेपालका लागि चिनियाँ राजदूत चन सोङले गर्ने छन्।
सङ्गोष्ठीमा नेपाल र चीनसहित हिमाल राष्ट्रका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ। सङ्गोष्ठीमा हिमालय क्षेत्रको सञ्चार विकास साझेदारी सामाजिक विकास अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा कार्यपत्र प्रस्तुत हुने आयोजक पान हिमालय कम्युनिकेशन रिसर्च सेन्टर चीनका निर्देशक प्राध्यापक हान होङले जानकारी दिए।
परा-हिमालयन कम्युनिकेशन रिसर्च सेन्टर, सिचुआन फिलोसोपी एण्ड सोसल साइन्स कि ल्याब्रोटरी अफ डिजिटल एण्ड पव्लिक गभर्नेन्स, रिसर्च सेन्टर अफ रिजन पब्लिक एडमिनिस्ट्रर्सनको आयोजनामा हुन लागेको सम्मेलनको सहकार्य चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी, काठमाडौं विश्वविद्यालय, खाङ्बा टीभी, चाइनिज एसोसिएसन फर हिस्ट्री अफ जर्नलिजम एण्ड मास कम्युनिकेसन एण्ड इन्टरनेसनल कम्युनिकेसन कमिटी तथा चाइनजि जर्नल अफ कम्युनिकेसनको रहेको छ।
परा हिमालय क्षेत्र पछिल्ला दशकहरुमा चीनको बेल्ट एण्ड रोड परियोजनाको मुख्य साझेदारको रुपमा रहँदै आएका छन्। ‘यही फ्रेमवर्कमा रहेर यस क्षेत्रका विज्ञहरुले साझेदारी साझा अवधारणा निर्माण तथा हिमाल आरपार सम्बन्ध विस्तारमा महत्त्वपूर्ण काम गर्दै आएका छन्। पछिल्लो समय यस क्षेत्रका देशहरु जलवायु परिवर्तन गरिबी सुरक्षालगायतका साझा समस्याबाट जुधिरहेका छन्,’प्रध्यापक हानले भने ‘यसै सन्धरमा तिब्र रुपमा विकास भइरहेको सूचना प्रविधिको साझेदारीले यी समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने साझा अवधारणा तयार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।’
साझा समस्याको समाधानका लागि यस क्षेत्रका विज्ञहरुको साझा सञ्चार सम्बन्धि मञ्च निर्माण गर्दै सूचनाको आदानप्रदानका लागि महत्त्वपूर्ण रहने हुँदा सङ्गोष्ठीले साझा तथा प्रभावकारी साझेदारीको बाटो निर्माण गर्ने उनको भनाइ छ।
सङ्गोष्ठी बीआरआईको विकासलाई प्रवर्धन गर्दै हिमालयन क्षेत्रमा शान्ति र स्थायित्वका लागि महत्त्वपूर्ण भूमिका खेल्ने छ।
सङ्गोष्ठीमा युनिभर्सिटी अफ टेक्ससका प्रध्यापक अरभिन्द सिङ्घाल, छिङ्ह्वा विश्वविद्यालयका प्रध्यापक लि सिङ्ग्वाङ, काठमाडौं विश्वविद्यालयका निर्मलामणी अधिकारी, जहवारलाल नेहरु विश्वविद्यालयका प्रध्यापक मनुकोन्ड रविन्द्रनाथ, खाङ्वा टिभीका चेमी वेङमो चचियाङ विश्वविद्याका प्रध्यापक उ फेइ, काइदे आजम विश्वविद्यालय पाकिस्तानका प्रध्यापक गनी रहमान, सेन्टर फर फुटान एण्ड जीएनए स्टडिजकी याङचन सी रिन्चेन, युनिभर्सिटी अफ दिल्लीकी प्रध्यापक सरिता आनन्द लगायतले कार्यपत्र प्रस्तुत गर्नेछन्।
सङ्गोष्ठीका क्रममा ५० बढी अनुसन्धानर्कताहरुले सञ्चार तथा सामाजिक विकासका विभिन्न मुद्दामा भएका अनुसन्धान पत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। सम्मेलनका क्रममा हिमालय क्षेत्रमा केन्द्रीत रहेर बनेका वृत्तचित्र तथा पुस्तक प्रदर्शनी गरिनेछ।
सङ्गोष्ठीको पहिलो संस्करण सन् २०१९ मा चीनमा भएको थियो। कोभिड-१९ का कारण रोकिएको दोस्रो संस्करण धुलिखेलमा हुन लागेको हो।