BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्री अझै अमेरिकामा रहँदा प्रचण्डले बोलाए सर्वदलीय बैठक, सरकारको भन्दा ३ घण्टा अघि

२०८१ असोज १३

प्रधानमन्त्री अझै अमेरिकामा रहँदा प्रचण्डले बोलाए सर्वदलीय बैठक, सरकारको भन्दा ३ घण्टा अघि
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक केन्द्रीय सभालाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त / रासस

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक आह्वान गरेका छन्।

Tata
GBIME

अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न अध्यक्ष दाहालले सर्वदलीय बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ।

सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बिहान १० बजे बैठक बोलाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली हाल अमेरिकामा छन्। त्यस अवस्थामा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहले सम्हालिरहेका छन्। सिंहले सिंहदरबारमा आज दिउँसो १ बजे सर्वदलीय बैठक बोलाएका छन्।

प्रधानमन्त्री ओली विपद् लगत्तै नफर्किएको भन्दै आलोचना भइरहेको छ। यस्तो अवस्थामा प्रचण्डले सरकारले आह्वान गरेको बैठकभन्दा अघि नै सर्वदलीय बैठक बोलाएका हुन्।