BIZMANDU
www.bizmandu.com

उर्लियो वाग्मती र विष्णुमती : भारी वर्षाका कारण डुबानमा काठमाडौं उपत्यका

२०८१ असोज १२

उर्लियो वाग्मती र विष्णुमती : भारी वर्षाका कारण डुबानमा काठमाडौं उपत्यका
उर्लियो वाग्मती र विष्णुमती : भारी वर्षाका कारण डुबानमा काठमाडौं उपत्यका

काठमाडौं । हिजोदेखिको भारी वर्षाका कारण काठमाडौं उपत्यका भइ बहने नदीको बहावमा उच्च वृद्धि भएको छ। जसकारण नदी किनारका बस्तीहरु जलमग्न भएका छन्।

Tata
GBIME

विष्णुमति, बागमतीसहित यिनका सहायक नदीहरुको बहाव बढ्दा सडक ठप्प भएका छन्। नदी किनारका बासिन्दाहरुको घर डुबानमा परेको छ।

तीनकुने, गैरीगाउँ, युएन पार्क, टेकुस्थित विष्णुमती करिडोर, माइतीघर नयाँबाटो, ग्वार्को–इमाडोल सडक, परोपकार, सानेपा, कालोपुल, बल्खुपुललगायत सडकमा सवारी आवागमन प्रभावित भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

मुख्य राजमार्गहरुमा पनि पानी निकास भएको छैन। भित्री सहरका धेरै स्थान पनि डुबानमा परेको छ।

सबै तस्विर : रोजन श्रेष्ठ/ बिजमाण्डू