काठमाडौं। ब्रिटिस काउन्सिलले अर्बिट मेडिकल इन्ट्रान्स (अर्बिट एमबीबीएस)लाई प्लाटिनम पार्टनर अवार्ड दिएको छ। काउन्सिलले शुक्रबार एक कार्यक्रम गरेर यो अवार्ड दिएको हो।
‘यस वर्ष पनि हामी संसारको शक्तिशाली ब्राण्ड ब्रिटिस काउन्सिलले प्रदान गर्ने आइएलटीएसको उत्कृष्ट व्यापारिक साझेदारीको मान्यता ‘प्लाटिनम अवार्ड’ बाट सम्मानित भएका छौं,’ सञ्चालक सुनील रेग्मीले भने, ‘यसको श्रेय समग्र टिमलाई जान्छ।’
सन् २०२३ देखि सन् २०२४ सम्म ब्रिटिस काउन्सिललाई उत्कृष्ट सहकार्य गर्न सफल भएको भन्दै यो अवार्ड दिइएको हो।
कम्पनीले एमबीबीएस, बीडीएस, नर्सिङ, बीएससी लगायत अध्ययन गर्न चाहने विद्यार्थीका लागि विशेष तयारी कक्षाको सेवा दिँदै आएको छ।