BIZMANDU
www.bizmandu.com

आर्क्स फुडका कोदोको बिस्कुट र कुकिज बजारमा, स्वास्थ्यका लागि फाइदाजनक भएको दाबी

२०८१ असोज ११

आर्क्स फुडका कोदोको बिस्कुट र कुकिज बजारमा, स्वास्थ्यका लागि फाइदाजनक भएको दाबी
आर्क्स फुडका कोदोको बिस्कुट र कुकिज बजारमा, स्वास्थ्यका लागि फाइदाजनक भएको दाबी

काठमाडौं। आर्क्स फुडले बजारमा कोदोको बिस्कुट र कुकिजको बिक्री सुरु गरेको छ।

Tata
GBIME

कोदो र चक्की आटाबाट बनाइएको बिस्कुट र कुकिज बजारमा पठाउन सुरु गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रुजल श्रेष्ठले जानकारी दिए। ‘उपभोक्ताको स्वास्थ्यलाई ख्याल गरेर कोदोको बिस्कुट र कुकिज बजारमा ल्याएका हौं,’ श्रेष्ठले भने।

आफूले उत्पादन गरेका कुकिज र बिस्कुटले मधुमेह नियन्त्रण, पाचन प्रक्रियामा सुधार, वजन नियन्त्रणसँगै रोग प्रतिरोधात्मक क्षमता बढाई हड्डीलाई मजबुत राख्न मद्दत गर्ने कम्पनीको दाबी छ।

आफ्ना उत्पादन भाटभटेनी लगायत प्रमुख सुपरमार्केट र किराना पसलका साथै अनलाइन प्लेटफर्ममा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

कम्पनीले अहिले काठमाडौंको भृकुटीमण्डपमा जारी स्टक क्लियरेन्स मेलामा ‘फ्रि टेस्टिङ’का साथै दुईवटा किन्दा एउटा नि:शुल्क दिने अफर चलाइरहेको छ।

कोदोको बिस्कुट र कुकिज कम्पनीले अष्ट्रेलियामा पनि निर्यात गर्दै आएको छ। अन्य देशमा पनि निर्यात गर्ने तयारी रहेको श्रेष्ठले बताए।