BIZMANDU
www.bizmandu.com

नगर विकास कोषको रिक्त कार्यकारी निर्देशक पदमा दरखास्त माग, कसले दिन पाउँछन् आवेदन?

२०८१ असोज ११

नगर विकास कोषको रिक्त कार्यकारी निर्देशक पदमा दरखास्त माग, कसले दिन पाउँछन् आवेदन?
नगर विकास कोषको रिक्त कार्यकारी निर्देशक पदमा दरखास्त माग, कसले दिन पाउँछन् आवेदन?

काठमाडौं। सरकारले नगर विकास कोषको कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया सुरु गरेको छ। शुक्रबार कार्यकारी निर्देशक छनोट सिफारिस समितिको सचिवालयले एक सूचना निकाल्दै २१ दिन भित्र इच्छुक योग्य उम्मेदवारहरुलाई आवेदन बुझाउने समय दिएको छ।

Tata
GBIME

कार्यकारी निर्देशक बन्न ३५ वर्ष पुरा भएर ५४ वर्ष ननाघेको हुनुपर्नेछ। मान्यता प्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र, व्यवस्थापन, चार्टर्ड एकाउन्टेन्सी वा इन्जिनियरिङ विषयहरुमध्ये एउटामा स्नातकोत्तर हासिल गरेको हुनुपर्नेछ। त्यस्ता उम्मेदवारहरुले कम्तीमा ५ वर्ष अनुभव प्राप्त गरेको हुनुपर्ने वा स्नातक गरेकाहरुको हकमा भने कम्तीमा ७ वर्ष अनुभव हुनुपर्ने सर्त तोकिएको छ।

कोषका कार्यकारी निर्देशक कृष्ण सापकोटा कार्यकाल पूरा गर्दै साउन १३ गते बिदा भएका थिए। सरकारले खुला प्रतिस्पर्धाबाट ४ वर्षका लागि २०७७ साउनमा सापकोटालाई कोषको कार्यकारी निर्देशक बनाएको थियो।