BIZMANDU
www.bizmandu.com

सुनको मूल्य लगातार उच्च, तोलाको १ लाख ६० हजार ७ सय पुग्यो, चाँदी स्थिर

२०८१ असोज १०

सुनको मूल्य लगातार उच्च, तोलाको १ लाख ६० हजार ७ सय पुग्यो, चाँदी स्थिर
सुनको मूल्य लगातार उच्च, तोलाको १ लाख ६० हजार ७ सय पुग्यो, चाँदी स्थिर


काठमाडौं। यो साता सुनको भाउ बढ्दै दैनिक नयाँ रेकर्ड बनाइरहेको छ। कारोबार मूल्य बिहीबार तोलाको १ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको छ।

Tata
GBIME

बुधबारका तुलनामा तोलामा ३ सय रुपैयाँ बढेको हो। यसअघि मंगलबारभन्दा ७ सय रुपैयाँ बढ्दा बुधबार कारोबार मूल्य तोलाको १ लाख ६० हजार ४ सय रुपैयाँ भएको थियो।

चालु महिनाको सुरुमा सुन तोलाको १ लाख ५६ हजार ७ सय रुपैयाँ थियो। उक्त मूल्यभन्दा बिहीबार ४ हजार रुपैयाँ बढी हो।

चाँदीको मूल्य बिहीबार स्थिर छ। मंगलबारका तुलनामा ४० रुपैयाँ बढ्दा बुधबार प्रति तोला १ हजार ९ सय ५५ रुपैयाँ पुगेको थियो। साताको पाँचौ दिन उक्त मूल्यमा घटबढ छैन। चाँदी पनि हाल निकै उच्च मूल्यमा आइपुगेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्न नसक्दा स्थानीय बजारमा उच्च हुन पुगेको हो। बिहीबार पनि बढेर सुन प्रतिऔंस २६६०.७८ डलर भएको छ। यसअघि बुधबार २६५७.८९ डलरले कारोबार भइरहेको थियो।

चाँदी  प्रतिऔंस ३१.९ डलर छ। बुधबार ३१.८९ डलरले कारोबार भएको थियो।